धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

अत्तरिया, २९ बैशाख : कैलालीको धनगढीका एक युवकको भारतमा स्कुटर दुर्घटना हुँदा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका अभिषेक शाहीको भारतको पलिया जाँदै गर्दा स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।
भारतको लखिमपुर जिल्लाको दुधुवा नेश्नल पार्क सडक खण्डमा स्कुटर अनियन्त्रित भएर दुघटना भएको प्रहरीले जनाएको छ । उनको साथमा रहेका एक युवक घाइते भएका छन् । उनको घनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.