कमैया, कमलरी र हलियाका लागि कार्यविधि बनाएर सहयोग गर्न सरकार तयार : मुख्यमन्त्री शाह

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैया, हलिया र कमलरी समुदायको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार धनगढीमा आयोजित २५ औँ कमैया मुक्ति दिवसको अवसरमा बोल्दै उनले यी समुदायका लागि आयआर्जन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यविधि तयार गरिएको बताए। “अब केवल मुक्ति घोषणा गरेर मात्र हुँदैन, जीवनस्तरमा परिवर्तन ल्याउन प्रदेश सरकारले काम गरिरहेको छ,” उनले भने।

मुख्यमन्त्री शाहले २०५७ सालको श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कमैया मुक्तिको ऐतिहासिक घोषणा गरिएको स्मरण गराउँदै, त्यसको सामाजिक तथा आर्थिक रूपान्तरण अझै पूरा हुन नसकेको उल्लेख गरे। “हक, अधिकार र पहिचान सुनिश्चित गर्न शासकहरूसँग लड्दै आएको इतिहास छ,” उनले थपे, “अब त्यही आन्दोलनको फलस्वरूप थारु समुदायको बडघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिने विधेयक मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभामा पेश गरिसकेका छौँ।” उनका अनुसार, मुक्त कमैया, कमलरी र हलियाका लागि पहिचान पुनःस्थापनादेखि पुनःस्थापना कार्यान्वयनसम्मका योजनाहरू अघि बढाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.