बझाङ, २१ साउन : साहारा नेपाल बझाङ द्वारा सामुदायिक वनको संरक्षण र दीगो ब्यबस्थपनका लागि वन उपभोक्ता समुहलाई क्षमता अभिवृद्धि तालीम संचालन गरेको छ ।
स्वालोज अफ फिनल्यान्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साहारा नेपाल ले बझाङको मष्टा गाउँपालिका वडा न ३,४,५,६ र ७ का सामुदायिक बन उपभोक्ता समुहलाई ३ दिवसिय तालिम दिएको हो ।
परियोजना बाट संचालित “खाद्य सुरक्षा सुधार“ दिगो जिबिकोपार्जन“ र महिला शसक्तीकरण अन्तर्गत सामुदायिक वन मार्फत उत्पादन र रोजगारका अवसर सृजना गरेर उपभोक्तालाई आर्थिक रूपले सबल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको परियोजना संयोजक उमेश जोशीले बताएका छन् । ग्रामीण बस्तीमा संचालन भएको ३ दिने सामुदायिक वन उपभोक्ताको क्षमता अभिवृद्धि तालिममा पालिका भरिका ९५ जना वन उपभोक्ता तथा कृषक समुहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिममा उपभोक्तालाई वन व्यवस्थापन, वन नवीकरण, वनमा आधारित उद्यमको पहिचान, उत्पादन, बजारीकरण, नेतृत्व विकास लगायतका विषयमा वृहत छलफल गरेको साहारा नेपाल बझाङ बोर्डका सदस्य सचिब जनक द्वालले जानकारी दिए ।
तालीममा सहभागी दुदिल्ला कृषक समुहका अध्यक्ष दल बहादुर कठायतले आर्थिक अभावका कारण सामुदायिक वन नविकरण गर्न नसकेको गुनासो पोखेका छन् । विगतमा विभिन्न संस्थाले सहयोग गर्दै आएको भएपनी हाल कतै सहयोग नपाएको बताए । स्थानीय वनमा आयस्रोतका माध्यम भएपनि त्यसको व्यवस्थापन गर्ने नजान्दा नवीकरण गर्न पैसा समेत जुटाउन हम्मेहम्मे परेको बताए । उनले सामुदायिक वन उपभोक्ता समूहले वनको विकास, संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहले अपनत्व लिनपर्न बताए । त्यसैगरि उपभोक्ताको क्षमता अभिवृद्धि तालिमका मुख्य प्रशिक्षक जिल्ला वन डिभिजन अधिकृत शम्भुप्रसाद तिवारीले वन ऐन, वन नियमावली र सामुदायिक वनको दिगो व्यवस्थापन तथा वन्यजन्तु संरक्षण बारे समुहका पदाधिकारीलाई प्रशिक्षण दिए । उहाले “वन भित्रका पुराना रूखहरू बुढो हुँदै जाने र नयाँ बिरुवाहरु हुर्कँदै जाने भएकाले वन क्षेत्र प्राकृतिक रूपमा विकास हुँदै जान्छ त्यसको दिगो ब्यबस्थापनमा लाग्नुपर्ने बताए ।
साहारा नेपाल बझाङका फिल्ड संयोजक दिनेश रोकायाले सहजीकरण गरेको ३ दिवसीय तालीममा वनमा आधारित उद्यमको पहिचान, नेतृत्व विकास, वन संरक्षण तथा दिगो ब्यबस्थापन बारे सहभागीलाई अनुभव आदानप्रदान गरि प्रमाणपत्र हस्तान्तरण गरेको जनाएका छन् ।
सम्बन्धित पाेस्टहरु