‘मीनभवन र बानेश्वरका गल्लीगल्लीमा पसेर प्रहरीले अन्धाधुन्ध गोली चलायो’

काठमाण्डौँ : काठमाडौँको मीनभवन र बानेश्वर क्षेत्रमा प्रहरीले गल्लीगल्ली पसेर गोली चलाएको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्।

नेपाल कमर्स क्याम्पस, मीनभवन अगाडिको बाटोमा पनि प्रहरीले ठूलो मात्रामा अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ। ‘यो मेरो जीवनमै देखेको सबैभन्दा भयावह दृश्य हो,’ एकजना प्रत्यक्षदर्शीले प्रहरीले गोली चलाइरहेको दृश्य राखेर सामाजिक सञ्जाल डिस्कर्डमा लेखेका छन्, ‘तिनीहरू अहिले कमर्स क्याम्पस रोडभित्र प्रवेश गरिसकेका छन् र अन्धाधुन्ध रूपमा गोलीबारी गरिरहेका छन्।लगातार १० राउण्डभन्दा बढी गोली चलाइएको छ र एक जना केटा लडेको छ। मृत्यु भइसक्यो वा घाइते छन् भन्ने स्पष्ट छैन।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.