हेटौँडाको फरेस्ट्री क्याम्पसका विद्यार्थीले दल त्यागेको घोषणा गर्दै फाले संगठनका साइनबोर्ड

हेटौँडा : सोमबार जेनजी आन्दोलनमा सरकारले दमन गरी १९ युवाको हत्या गरेपछि हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) का विद्यार्थीहरूले राजनीतिक संगठन परित्याग गरेको घोषणा गर्दै आफ्ना संगठनका साइनबोर्ड निकालेर फालेका छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको उक्त क्याम्पसका विद्यार्थीले सोमबार राति कलेजमा टाँगिएका राजनीतिक दलसँग सम्बन्धित विद्यार्थी संगठनका ब्यानर र साइनबोर्ड निकालेका हुन्।

अब कुनै पनि राजनीतिक दलका विद्यार्थी संगठनमा नरहने घोषणा उनीहरूले गरेका छन्। सोमबार सरकारले जेनजी आन्दोलनमा गोली हानेर युवाहरू मारेपछि उनीहरूले राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै संगठन त्यागेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.