केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाको दबाब अभियान

अत्तरिया : २३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले दबाब अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले अभियान थालेका हुन्।

हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा यससम्बन्धी ट्रेन्ड सुरु गरेका छन्। अन्य जेन–जी अगुवाहरूले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीा लागि दबाब दिन थालेका छन्। ‘द काउन्सिल अफ जेन–जी’को नामबाट सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड सुरु गरिएको छ। अरेस्टकेपीओली र अरेस्टरमेशलेखक ह्यासट्याग राखेर उनीहरुले यस्तो अभियान थालेका हुन्।

सो घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ। उनीहरूको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यकाबाहिर जानसमेत अनुमति लिनुपर्ने निर्णय आयोगले गरेको थियो। जेन–जी अगुवा तथा पीडित परिवारले पक्राउ गरेरै बयान लिन माग गरेका छन्।

भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा गोली प्रहार गरेर युवाहरूको हत्या भएको घटनामा संलग्नमाथि छानबिनको माग हुँदै आएको छ । २३ र २४ भदौको आन्दोलनमा ७६ जनाले ज्यान गुमाइसकेका छन्। दुई दिनको आन्दोलनपछि तत्कालीन ओली सरकार अपदस्थ भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.