धनगढी : कैलालीको धनगढीमा सहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ हुने भएको छ । स्टार सिटी युवा क्लवको आयोजनामा जेनजी आन्दोलनका सहिद गौरव जोशीको सम्झनामा फुटसल प्रतियोगिता हुने लागेको हो । आयोजकले आज (सोमबार) धनगढीमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिता बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष नरेन्द्र शाहले यही मंसिर १० र ११ गते धनगढीमा फुटसल प्रतियोगिता हुने जानकारी दिए ।
उनले प्रथम प्रतियोगिताको प्रथम पुरस्कार १ लाख र द्वितीय पुरस्कार राशी ५० हजार रहेको तथा टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको बताए ।
उनले भने ‘युवा क्लवको यो पहिलो प्रतियोगिता भएपनि हामी यसलाई निरन्तरता दिने छौँ ।’
उनले प्रतियोगिताको मुख्य उदेश्य युवाहरुलाई जीवन शैली सँगसँगै विभिन्न किसिमका कुलतबाट छुटकारा दिलाउने रहेको बताए । सहिद गौरव जोशीका बुवा वाशुदेव जोशीले आफ्नो छोरा अब देशकै छोरा भइसकेको बताउँदै यस्ता प्रतियोगिताले आफ्नो छोराको सम्झना दिलाइरहने बताए ।
प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका वडा नं. ५ को कार्यालय रहेको तथा मुख्य प्रायोजकमा निसर्ग अस्पताल प्रालि रहेको आयोजकले जनाएको छ ।