अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज (शनिबार) चर्चित र्यापर जी बब आउने भएका छन्। र्यापर जी बब लगायत गायिका अन्जु कुश्मी, गायक शेर आउजी, जे आर भट्ट र डान्सर आरुशी मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको हो।
शुक्रबार महोत्सवमा चर्चित गायक हेमन्त शर्मा, चेतन बोहरा, देउडा गायक भुवन दाहाल, डान्सर सरस्वती सेठी लगायत स्थानीय कलाकारहरुले माहोल तताएका थिए।
महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति,सांस्कृतिक झाँकी तथा परम्परागत प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको छन्। पौष ९ गते देखि सुरु भएको महोत्सव पौष १९ गते सम्म संचालन हुने छ। अत्तरियामा दुई बर्षपछि आयोजना गरिएको महोत्सवल स्थानीयहरु निकै उत्साहित छन् ।
