अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज (बिहीबार) गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी लगायतको कलाकारहरुको प्रस्तुति रहने भएको छ।
आज गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी सँगै गायक राज केशव , सौगात ओझा, मेघजन कठायत , हास्य कलाकार निशान परियार , डान्सर गंगा थापा मगरको विशेष प्रस्तुति रहने लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ।
यस्तै महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ।
महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र साधारण दर्शकका लागि १०० रुपैयाँ तोकिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।