अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्र सञ्चालनमा रहेको बाल कोषलाई सुदृढ बनाउने उद्देश्यसहित सहयोगी संस्था यार्ड नेपालले महत्वपूर्ण आर्थिक सहयोग प्रदान गरेको छ ।
यार्ड नेपालको बाल संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तर्गत पालिकाभित्र रहेका अनाथ, अशक्त तथा असहाय बालबालिकाको जीवनस्तर उकास्ने लक्ष्यका साथ १ लाख २३ हजार रुपैयाँको चेक गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सँगै गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्री लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा परियोजनाका प्रोग्राम को–अर्डिनेटर ईन्द्र टमटा तथा कोषाध्यक्ष सुमित्रा बिष्टले गोदावरी नगरपालिकालाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । यस सहयोगले शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा जोखिममा रहेका बालबालिकालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, सामाजिक उत्तरदायित्वको भावना झल्किने यार्ड नेपालको यस पहललाई अत्यन्तै सराहनीय बताउँदै भविष्यमा पनि यस्ता सहकार्यले बालमैत्री स्थानीय तह निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन । साथै नगरपालिकाको तर्फबाट यार्ड नेपालप्रति नगर प्रमुख भट्टले हार्दिक धन्यवाद ज्ञापन समेत ब्यक्त गरे ।