कैलाली र बझाङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

धनगढी । कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दिर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको छ ।

खड्कालाई आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँचपछि मृतघोषणा गरेको प्रहरीले जनाएको छ ।

बझाङको तलकोट गाउँपालिका–२ न्यारी बस्ने ६१ वर्षीय जया कामीको भिरबाट खसेर मृत्यु भएको छ । धमेनाबाट तलकोटस्थित घरतर्फ जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.