नेतृत्वविहीन बन्यो टिकापुर नगरपालिका

मेयरल चुनाव लड्न पदबाट राजीनामा दिए, उपमेयर खडकबहादुर शाह निलम्बनमा छन्

धनगढी । कैलालीको टिकापुर नगरापालिका प्रमुख उपप्रमुख विहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिए ।

२०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बन्न लागेका छन् ।

‘खासमा मैलै २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको थिएँ । अहिले नै प्रतिनिधि सभाको चुनाव आयो र पार्टीले विश्वास गरेर टिकट दियो । त्यसैले यो नयाँ जिम्मेवारी लिन तयार भएको हुँ,’ उनले भने ।

नियम अनुसार मेयरले उपमेयरलाई लिखित राजीनामा बुझाउनुपर्ने हुन्छ, तर टीकापुरमा उपमेयर पद प्राविधिक रूपमा खालीजस्तै छ । उपमेयर खडकबहादुर शाह जग्गा हिनामिना काण्डमा मुछिएका छन् । नगर विकास समितिको जग्गा घोटालामा संलग्न भएको भन्दै अख्तियारले मुद्दा चलाएपछि उनी निलम्बनमा छन् । दुई वर्षदेखि उनको मुद्दा किनारा नलागेकाले उपमेयरले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् ।

उपमेयर विहीन बनेको नगरपालिकामा मेयरले पनि राजीनामा दिएपछि नेतृत्वविहीन भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.