राप्रपा क्षेत्र नं. ४ प्रतिनिधी सभा निर्वाचन मूल परिचालन कमिटी संयोजकमा बिष्ट

अत्तरिया : कैलाली क्षेत्र नं. ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खेमा देवी बिष्टलाई निर्वाचन मुल परिचालन कमिटी संयोजकको जिम्मेवारी दिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बिष्टलाई राप्रपाले निर्वाचन मुल परिचालन कमिटीको जिम्मेवारी दिएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेकी बिष्टलाई पार्टीले मुल परिचालन कमिटीको जिम्मेवारी दिएको राप्रपाका युवा नेता विराज बिष्टले जानकारी दिए ।
कैलाली क्षेत्र नं. ४ मा राप्रपाका तर्फबाट कमल रजबार प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । पार्टीका प्रतिनिधिलाई विजयी गराउनका लागि कमिटी बनाईएको युवा नेता बिष्टले बताए । राप्रपाका उम्मेदवार रजबार युवामाज लोकप्रिय छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.