दैलेख पुगेर बालेनले लेखे, कर्णाका सुइना, अब हाम्मा सुइना

धनगढी : माघ १३ गते सुदूरपश्चिम प्रदेश आएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिमको चुनावी भ्रमण पूरा गरी कर्णाली प्रदेश प्रवेश गरेका छन्।

अछाममा चुनावी अभियान सम्पन्न गरेपछि शाह आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको छ। दैलेख पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खस भाषामा ुकर्नालीका सुइना, अब हाम्मा सुइनाु भन्दै स्टाटस लेखेका छन्।

उक्त स्टाटसलाई कर्णाली क्षेत्रको पीडा, उपेक्षा र आवाजसँग जोडेर अर्थ्याइएको छ। सामाजिक सञ्जालमा उनको अभिव्यक्तिलाई लिएर व्यापक प्रतिक्रिया आइरहेका छन्।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.