अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको एभरेष्ट एकेडेमी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सुरु भएको छ । बुधबार देखि विद्यालयको २० औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सुरु भएको हो ।
वार्षिकोत्सव समारोह औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले उद्घाटन गरेका हुन् । दुई दिन सम्म सञ्चालन हुने समारोहमा बुधबार पहिलो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिहिबार कार्यक्रमको अन्तिम दिनमा कक्षा पिजि देखी कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहने विद्यालयका प्रिन्सिपल शिवराज जोशीले जानकारी दिए ।
उनले विद्यालयमा रहेका सम्पुर्ण विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउन भन्ने ध्येय राखेर वार्षिकोत्सव कार्यक्रम दुई दिन आयोजना गरिएको बताए । कार्यक्रमका विद्यार्थीहरुले आफ्ना विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले आयोजना गरेका तथा अन्य विभिन्न सांस्कृतिक, शैक्षिक गतिविधि तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।