अत्तरियाको पुष्पाञ्जली माविले ३७ औँ वार्षिकोत्सव मनाईयो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सव मनाईएको छ । शुक्रबार विद्यालयको ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
शुक्रबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले समारोहको उद्घाटन गरेका हुन । दुई दिन सम्म सञ्चालन हुने सो समारोहमा पहिलो दिन कक्षा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरुलाई सहभागि गराईएको विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीले जानकारी दिए ।
उनले विद्यालयमा विद्यार्थीको चापलाई मध्यनगर गर्दै वार्षिकोत्सव समारोह दुई दिन आयोजना गर्न लागिएको हो । विद्यालयमा करिब साढे ११ सय विद्यार्थीहरु रहेका छन । वार्षिकोत्सवलाई विद्यार्थीहरुको पर्वका रुपमा लिईने र सो दिन विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन हुने बताउदै उनले एकैदिन सबै विद्यार्थीहरुले अवसर नपाउने देखेपछि दुई दिन कार्यक्रम आयोजना गरिएको छ ।
पहिलो दिनको कार्यक्रममा विद्यालयमा कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवको पुर्वसन्ध्यामा विद्यालयले अभिभावकहरुलाई पनि रमाईलो खेलहरु खेलाएको थियो । उक्त खेलहरुमा प्रथम, द्धितिय र तृतिय हुने अभिभावकहरुलाई पनि पुरस्कृत गरिएको विद्यालयका सञ्चालक भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले वार्षिकोत्सव भने विद्यार्थी, अभिभावक र विद्यालयबिच आपसी सद्भाव साटासाट गर्ने दिन रहेको बताए । उनले विद्यालय विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र व्यक्तित्व विकास गर्ने प्रमुख स्थल भएको बताए । उनले विद्यायमा बालबालिकाहरुले सामाजिक सद्भाव, आत्मविस्वास, रचनात्मक क्षमता विकास गर्ने अवसर प्राप्त गर्ने बताए ।
उक्त कार्यक्रममा गत शैक्षिक सत्रमा कक्षामा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षकहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
पुष्पाञ्जलीमा हाल करिब साढे ११ सय विद्यार्थी अध्यनरत छन् भने ४३ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अभिभावक,विद्यार्थी,विभीन्न संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रावि तह इन्चार्ज शिक्षक सिमा कुँवरको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक जगदीश सिंह कोट्टारी र नविन भट्टले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.