एमाले सुदूरपश्चिमले पाठकको पद खोस्यो

धनगढी  : नेकपा एमालेले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ । बजेटको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गर्दा पनि उनी उपस्थित नभएपछि कारबाही स्वरूप पार्टीबाट पदबाट फिर्ता बोलाइएको हो ।

यस्तै यसअघि बैठकमा अनुपस्थित भएका एमालेका सांसद एवम् पूर्व मन्त्री वीरबहादुर थापाले भने राजीनामा दिइसकेका छन् ।

यद्यपि एमालेले प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै दुई सांसदसँग स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन विपरीत बैठकमा अनुपस्थित भएका पूर्व मन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकसँग एमालेले ४८ घण्टाभित्र स्पष्टीकरण दिन भनेको स्रोतको भनाइ छ ।

बजेटको पक्षमा मतदान गर्न निर्देशन दिने उद्देश्यले बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत पाठक सहभागी भएका थिएनन् । थापा भने प्रदेशसभा बैठक स्थलमा पुगे पनि हाजिरी नगरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.