बालेन सरकारको पहिलो प्रहार मिडिया क्षेत्रमा : अध्यक्ष शर्मा

धनगढी। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताएकी छन्।

उनले दुई तिहाइ बहुमत प्राप्त बारेन शाह नेतृत्वको सरकारले पहिलो प्रहार नै मिडिया क्षेत्रमा गरेको आरोप लगाइन्। निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोक्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उनको भनाइ छ। “हामीसँग कुनै किसिमको छलफल नै नगरी यस्तो निर्णय गर्नु प्रेस स्वतन्त्रता अंकुश लगाउने मनसाय देखिन्छ,” शर्माले सामाजिक सञ्चाजलमा भनेकी छन् ।
महासंघका अनुसार नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। निजी सञ्चार माध्यमहरूले लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन्।
यसैबीच, महासंघले उक्त निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेको छ। यदि निर्णय फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
नेपाल पत्रकार महासंघले उक्त कदमको घोर भर्त्सना गर्दै लोकतन्त्रको आधार स्तम्भ मानिने स्वतन्त्र प्रेसमाथि कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य हुने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.