मुख्यमन्त्रीद्वारा प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्न सिफारिस

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन।

बुधबार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आगामी चैत २४ गते मंगलबार अपराह्न ४ : ०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम बिहीबार औपचारिक रूपमा अधिवेशन आह्वानका लागि सिफारिस पत्र पठाएको जनाएको छ।

अब प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.