कैलाली मालपोत र यातायात कार्यालय परिसरबाट १२ जना बिचौलिया पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले मालपोत कार्यालय कैलाली र यातायात व्यवस्था कार्यालय धनगढी परिसरबाट १२ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अनुगमनका क्रममा सेवाग्राहीलाई प्रभावमा पार्दै बिना लाइसेन्स लेखापढी तथा कागजी काम मिलाइदिने कार्य गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । मालपोत कार्यालय बाहिरबाट ५ जना र यातायात व्यवस्था कार्यालय धनगढी बाहिरबाट ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सो कार्यालयहरुमा केही अनाधिकृत ब्यक्तीहरुले सरकारी कार्यालयको काम छिटो गरिदिने, प्रक्रिया सजिलो बनाइदिने भन्दै असुलिको आरोप गुनासो बढेको थियो । । यस्ता गतिविधिले सेवाग्राही ठगिने जोखिम बढाउनुका साथै सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने भएकाले निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.