धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ स्थित बन कार्यालय नजिकैको डुडेझारी सडक खण्डमा सुपप्र०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ३५ वर्षीय रमेश शाहीलाई उपचारका लागि टिकापुर अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्।