धनगढी । कैलालीको गोदावरी नगरपालिका चार बुढीतोलामा रहेको बाख्रा अनुवांशिक स्रोत केन्द्रले ४२ औँ फार्म दिवस भव्यताका साथ मनाएको छ।
कार्यक्रममा चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी प्रमुख अतिथिका रुपमा रहेका थिए भने केन्द्र प्रमुख पशुपतिनाथको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा स्रोत केन्द्रका सहसचिव जगदीश पाण्डे विशिष्ट अतिथि रहेका थिए।
उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि र बाख्रापालक किसानको उल्लेख्य सहभागिता रहेको थियो। सुदूरपश्चिमकै एकमात्र बाख्रा विकास फर्म बाख्रा उत्पादनको स्रोतको रुपमा रहेको कार्यक्रमका वक्ताहरूको भनाइ थियो।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका बाख्रापालक किसानलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। यसैगरी स्रोत केन्द्रमा कार्यरत दुईवटा कर्मचारीलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो