अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा रहेको हनुमान मन्दिर सेवा समितिको नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको पाँचौँ साधारण सभाबाट नरेन्द्र बहादुर शाहीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
यसअघि पनि शाही अध्यक्ष रहेका थिए । उनी अध्यक्षमा दोहरिँदा उपाध्यक्षमा डा. नर बहादुर मौनी चयन भएका छन् । त्यस्तै सचिवमा टेकराज भट्ट, सह– सचिवमा तेज राज भट्ट, कोषाध्यक्षमा तारा श्रेष्ठ चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा प्रा.डा. डम्बर पाल, सिद्धार्थ श्रेष्ठ, लोकनाथ तिमिल्सिना, प्रेम बहादुर कुवर, अनिष सिंह, योगेश भट्ट गरी जम्मा ११ जना निर्वाचित भएका छन् भने थप २ जना सदस्यमा नीरज शाह र दिनेश बाजी रिजाल मनोनीत गरिएको जनाइएको छ । साधारण सभाबाट सल्लाहकार समितिमा नव राज जोशीको नेतृत्वमा सात सदस्यीय समिति चयन भएको छ ।