काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने भएका छन्। उनको सचिवालयले बुधबार दिउँसो १२ बजेपछि राजदूतहरुसँग छलफल हुने जानकारी दिएको छ।
यसअघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रुपमा भेट्न लागेका हुन्।
यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएकाले बालेनले राजदूतहरुसँग आज पहिलोपटक सामूहिक छलफल गर्न लागेका हुन्। राजदूतहरुसँग छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने उनको सचिवालयले जनाएको छ।
राजदूतहरुसँगको भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका विष्यामा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।