धनगढी । बझाङमा पानी जमेको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–१ को माथिल्लो बित्थडमा शुक्रबार पानी खाल्डोमा डुबेर बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर सोही ठाउँका गगन बोहराको ५ वर्षीया छोरा जेनिस र सन्तोश बोहराको ६ वर्षीया छोरी प्रिन्सा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।
उनका अनुसार दुवै जना छिमेकीको घर नजिकै शौचालय निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दिउँसो सवा २ बजेतिर मृत भेटिएका थिए ।