काठमाडौं : नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, पार्टीका तर्फबाट बनेका मुख्यमन्त्री र संसदीय दलका नेताको संयुक्त बैठक बोलाएको छ। वैशाख ६ गते बस्नेगरी बैठक बोलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी केन्द्रसँगको समन्वयलगायतको विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।
प्रदेश सभापति र मुख्यमन्त्रीसँगको छलफलमा पार्टीका शीर्ष नेताहरू सामेल हुनेछ । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी केन्द्रसँग कुनै समन्वय नै नगरी मन्त्रिपरिषद् हेरफेर गरेको विषयमा पनि नेताहरूले चासो राखेका छन् ।