रास्वपाको महामन्त्रीमा अछामका भूपदेव शाह मनोनीत

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् । यस्तै, पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवाली मनोनीत भएका प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा केन्द्रीय समितिको बैठकको छलफलबाट केन्द्रीय सल्लाहकार परिषद्मा र केन्द्रीय नेतृत्व परिषद्मा केही सदस्य थप गरेको हो ।
प्रवक्ता झाका अनुसार पार्टीको संघीय नेतृत्व मञ्चमा मनोनीत नयाँ सदस्यहरू तुलसीप्रसाद चौधरी–सप्तरी‚ रामसिंह थारू–बर्दिया‚ जीवन धामी–मोरङ‚ प्रेमा चौधरी–कैलाली‚ नवराज राना–कञ्चनपुर र एकराज चौधरी–दाङ रहेका छन् ।

यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा–काभ्रे‚ मोतीप्रसाद पंगाली–नवलपरासी पूर्व‚ हरिप्रसाद पाण्डे–भक्तपुर र विष्णुहरि शर्मा–कपिलवस्तु मनोनीत भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.