बाजुरामा मोटसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

बाजुरा  : बाजुरामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ७ कोसेडी निवासी ३४ बर्षीय खडक ऐडीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका ऐडीको सोमबार दिउँसो साढे ४ बजे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहीँ वैशाख ४ गते शुक्रबार साँझ सदरमुकामबाट बाम्कातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकल मृतक ऐडी आफैले चलाएका थिए ।

दुर्घटनापछि मोटरसाइकल सडकमै पल्टिएको थियो भने चालक ऐडी सडकबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए । घटना लगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो तर अस्पतालले धनगढी रिफर गरेको थियो । चार दिनसम्म बेहोस अवस्थामा रहेका ऐडीको उपचारकै क्रममा मृत्यु भएपछि उनका परिवार तथा आफन्तजनहरु शोकमा डुबेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.