महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग

कञ्चनपुर  : नेपाल कम्युनिस्ट पाटी (बहुमत) को युवा संगठनले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग गरेको छ। कम्युनिस्ट युवा संगठन नेपालले कञ्चनपुरस्थित महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग अघि सारेको हो ।

बहुमतनिकट कम्युनिस्ट युवा संगठनले नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय २८ बिघा, ८ कट्ठा १३ धुर जमिन गैरकानुनी रूपमा बिक्री वितरण, लिजमा लिएर दोहन गरेको भन्दै अतिक्रमण हटाउन सरकारसँग माग गरेको छ। यसरी, जिल्ला सदरमुकाम महेन्द्रनगरमै सरकारी जमिन अतिक्रमित हुँदा निर्वाचित सांसददेखि प्रहरी प्रशासनलाई बेखबर नबस्नसमेत आग्रह गरिएको छ ।

जिल्लाभरि सरकारी, सार्वजनिक जमिन अतिक्रमण भएको विषयमा पटक-पटक सूचना जारी गर्ने अनि नहट्ने प्रवृत्ति लज्जास्पद भएको कम्युनिस्ट युवा संगठनको ठहर छ। कम्युनिस्ट युवा संगठन कञ्चनपुरका अध्यक्ष अनमोल ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा नियमविपरीतका जमिन खाली गर्न र अवैध स‌ंरचना भत्काउन माग अघि सार्दै सरकारले अतिक्रमण हटाउने काम नगरे आन्दोलनको चेतावनी दिएको छ। सरकारले समेत सय दिनभित्रै देशभरको सरकारी अतिक्रमित जमिन हटाउने लक्ष्य अघि सारेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.