कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज

काठमाडौं : नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले बताए ।

त्यस्तै, दिउँसो २ बजे बस्ने गरी केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने बैठकमा पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका डकुमेन्टलगायत विषयमा छलफल गरिनेछ ।

आफूहरूले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको विषयका पत्रहरू कार्यसम्पादन समितिमा बुझाइसकेको समितिका सभापति तारामान गुरुङले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.