४ वर्षदेखि रोकिएका लाईसेन्स लाइसेन्स बाड्दै धनगढी यातायात व्यवस्था कार्यालय

धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले चार वर्षदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नपाएका सेवाग्राहीलाई वितरणको काम अघि बढाएको छ ।

यातायात व्यवस्था विभागले १७ पुष २०७८ देखि ७ बैशाख २०८३ सम्मका ३१ हजार ९ सय बढि लाइसेन्स प्रिन्ट गरेर पठाएको छ । हुलाकमार्फत धनगढी पठाइएकोमा यो अवधिमा नयाँ, थप नविकरण र प्रतिलिपीका लागि दस्तुर बुझाएका सेवाग्राहीका लाइसेन्स रहेको यातायात कार्यालयले जनाएको छ ।

कार्यालयले यातायात व्यवस्था कार्यालयले जारी गरेको पीडीएफ फाइलको चेकलिष्टमा आफ्नो लाइसेन्स नम्बर र नामावली हेरेर राजश्व बुझाएको भौचर वा निस्सासहित कार्यालयमा आएर लाइसेन्स लैजान सक्ने जारी सूचनामा उल्लेख गरेको छ । अहिले देशले नयाँ सरकार पाएपछि रोकीएका लाईसन्स बाड्ने कार्य सबै तिर चलिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.