अत्तरिया : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा गरिएको अतिक्रमित क्षेत्र खाली गर्ने कार्य सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढीले गोदावरी सामुदायिक वनसंगको सहकार्यमा अतिक्रमित क्षेत्र खाली गर्न लागेको गोदावरी सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरले बताएका छन् ।
गोदावरी सामुदायिक वनको भ्यागुते पानी क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि घर टहराहरु भत्काउन सुरु गरिएको मगरले बताएका छन् । यस अघि पनि अतिक्रमित जमिन खाली गराउने अभियान थालिए पनि त्यसले पूर्णता पाउन सकेको थिइन ।