सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लगाउनु अव्यावहारिक : सभापति थापा

सर्लाही  : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतबाट १०० रुपियाँभन्दा बढीका सामान ल्याउँदा भन्सार बुझाउनु पर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।

सर्लाही –४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि पहिलो पटक थापाले बुधबार सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुवनी नाकाको निरीक्षण गरेका थिए । । थापाले काठमाडौँ फर्किएपछि बिहीबार मधुवनी नाकाको फोटो शेयर गर्दै अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

उनले सीमामा पहिलेजस्तो सहजता थियो, त्यसलाई सुनिश्चित गर्न माग गरेका छन । थापाले फेसबुकमा लेखेका छन, “सीमा क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्, ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गम हुन् । जब नीतिले यो सवंदेशनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकलाई नै सजाय दिन्छ ।”

कांग्रेस सभापति थापाले १०० रुपियाँभन्दा बढीका समानमा भन्सार लगाउने कानुन नै अव्यवहारिक रहेको उल्लेख गरेका छन । उनले यो नीति सीमाका नागरिकका लागि हेपाहा र दुःख दिने नीति भएकाले सच्याउनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले सीमाको विषयमा अपनाएको नीतिले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा रहेको कांग्रेस सभापति थापाले बताए । सीमाको सम्बन्धमा पछिल्लो निर्णयले मधेशका हरेक भान्सामा अवरोध खडा गरेको र यसको मार महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्गमाथि पर्न गएकाले निर्णय फिर्ता लिन उनले सरकारसँग आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.