धनगढी : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकार आमनागरिकलाई आश्वस्त पार्ने नभइ आतंकित पार्ने बाटोमा गइरहेको बताए ।
नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले सरकार बलमिचाइ ढंगबाट अगाडि बढिरहेको आरोप लगाए ।
उनले भने ‘सरकारले सुकुम्बासीको पहिचान गरेर सुरक्षित ठाउँमा राख्नुपथ्र्यो । तर,त्यसो गरेन् । राष्ट्रिपति र प्रधानमन्त्री जति गाँस, बास र आवसको अधिकार छ त्यति नै सकडमा मकै पोल्ने,गिट्टी कुट्ने,सुकुम्बासी बस्तीमा बस्ने नागरिकको पनि अधिकार छ ।’
उनले अहिलेको सरकारका मन्त्रीलाई सुनैसुनका मन्त्री भनेर प्रचारप्रसार भइरहेका बेला त्यो घटनालाई अन्यत्र मोड्न सुुकुम्बासी बस्तीमा डोजर चलाउने काम गरेको बताए । उनले जनताले छिट्टै यो सकरकार कहाँबाट र कसरी आएको हो भन्न थाहा पाउने बताए ।
त्यस्तै उनले अहिलेको सरकार चोर बाटोबाट र केन्द्रीकृत शासन प्रणालीको मनोविज्ञानबाट अगाडि बढिरहेको बताए । उनले भने ‘सरकारले कुनै पनि विधेयक संसदीय समितिमा नपठाएर फास्ट ट्रयाकबाट पारित गरेर ऐन बनाउन सक्छ । तर,अहिलेको सरकारलाई त्यस्तो के आइलाग्यो रु एक पटक संसद बोलाएर त्यसको दोस्रो दिन स्थगित गरेर दर्जनौ अध्यादेश ल्याउनु प¥यो ।’
उनले अहिलेको सरकारले संसदीय प्रणाली, लोकतान्त्रिक व्यवस्थाको उपहास गर्न खोजेको बताए । त्यस्तै, उनले नेपाली कांग्रेसले यही वैशाख २६ र २७ गते धनगढीमा प्रदेशस्तरीय समिक्षा कार्यक्रम पनि गर्ने जानकारी दिए ।