अत्तरिया : कैलालीको अत्तरिया स्थित अत्तरिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको निर्वाचन समितिले जनाएको छ। कुल ५ हजार ७ सय ४२ मतदातामध्ये २ हजार ७ सय ७५ मत खसेको छ। यो कुल मतको करिब ४८ प्रतिशत हो।
निर्वाचन सम्पन्न भएपछि मतदान केन्द्र बाहिरको परिसरमा उम्मेदवारसहित उनीहरूका सहयोगी टोलीले सरसफाइ गरेका छन्। मतदानपछि गरिएको सरसफाइलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
निर्वाचनको मतगणना र अन्तिम परिणामबारे भने निर्वाचन समितिले पछि जानकारी दिने जनाएको छ।