अत्तरिया : कैलालीको अत्तरिया स्थित अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा मतगणना जारी रहँदा राजेन्द्र खड्का नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ।
हालसम्म ९०० मत गणना सम्पन्न हुँदा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्का नेतृत्वको प्यानलले प्रतिस्पर्धी समूहभन्दा उल्लेखनीय मतान्तरसहित अग्रता बनाएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनअन्तर्गत अध्यक्षसहित विभिन्न पदका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजामा खड्का प्यानलका अधिकांश उम्मेदवारले पनि अग्रता लिइरहेका छन्।
मतगणना कार्य जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। मत परिणाम सार्वजनिक भएसँगै समर्थकहरूमा उत्साह देखिएको छ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको जनाएको छ।