गोदावरी नगरमा एसईईमा सन्तोषजनक नतिजा नआएपछि आत्महत्या

धनगढी  : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिकाका छात्राले आत्महत्या गरेका हुन् । उनीहरु आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।

उनीहरूले देहत्याग गर्नुको कारण एसईई नतिजा राम्रो नआएका कारण रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.