नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीका खेलहरू अब धनगढी रंगशालामै हुने

धनगढी  : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी का खेलहरू अब धनगढी रंगशालामै हुने भएका छन्। यस खबरसँगै सुदूरपश्चिमका खेल प्रेमीहरूमा ठुलो उत्साह थपिएको छ।

आगामी भदौ २० गतेदेखि नेपालकै इतिहासमा पहिलो पटक होम एण्ड अवे फरम्याटमा नेपाल सुपर लिग २०२६ आयोजना हुन लागेको हो। प्रतियोगितामा १० देखि १२ टोली सहभागी हुनेछन् भने प्रतियोगिता करिब चार महिनासम्म सञ्चालन हुनेछ।

यस नयाँ ढाँचाले नेपाली फुटबललाई अझ व्यावसायिक, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ। विशेष गरी आफ्नै घरेलु मैदानमा टोलीलाई समर्थन गर्न पाउने अवसरले धनगढीका समर्थकहरू थप उत्साहित बनेका छन्।

फुटबल प्रेमी दर्शक र खेलाडीहरू का अनुसार होम एण्ड अवे फरम्याटले खेलाडी, क्लब र समर्थकबिचको सम्बन्ध अझ बलियो बनाउनेछ।
साथै यसले देशभर फुटबल संस्कृतिको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.