देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौँ  : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो ।

यसअघि मेघराज पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशबारे छलफलका लागि झिकाउन आदेश दिएको थियो । देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । उनीहरूले सर्वोच्चमा क्षेत्राधिकार विशेष अदालतको भएको दाबी गर्दै रिट दायर गरेका छन् । देउवा दम्पतीले अनुसन्धानमा सहयोग गर्न तयार रहेको र सम्पत्तिको स्रोत खुलाउन तयार रहेको जिकिर गरेका छन् ।

उनीहरू हाल हङकङमा रहेका र काठमाडौँ फर्किसकेको अवस्था छैन । इन्टरपोलले भने हालसम्म रेड कर्नर नोटिस जारी गरेको छैन । यो मुद्दा सम्बन्धित अनुसन्धान कारबाही जारी रहेको र अदालतले आगामी सुनुवाइमा थप निर्णय गर्ने जानकारी दिएको छ । यस प्रकरणले राजनीतिक वृत्तमा चासो बढाएको छ भने कानुनी प्रक्रिया अघि बढिरहेको बताइएको छ । अदालतको आदेशपछि तत्काल गिरफ्तारी रोकिएको छ । मामिला संवेदनशील बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.