धनगढी । कैलालीको धनगढमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित गोपालराज पाठक लगायत पदाधिकारी तथा सदस्यले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन् ।
निर्वाचनमा उपाध्यक्षमा उत्तम रोशी, सदस्यहरुमा केशवराज जोशी, कोपिला कुँवर, गणेश बम, जयराज जोशी, लक्ष्मीराज पन्त, खेमराज पाण्डे र दीर्घबहादुर शाह विजयी भएका थिए ।
त्यस्तै लेखा तथा सुपरीवेक्षण समिति संयोजक तथा सदस्यहरुले पनि सपथ तथा पदभार ग्रहण गरेका छन् । लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा गणेशप्रसाद जोशी, सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय विजयी भएका थिए ।