धनगढी : नेपाली कांग्रेसका युवा नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् ।
उनी जेनजी आन्दोलनलगत्तै नेपालबाट अमेरिका गएका थिए । उनी अझै नेपाल फर्केका छैनन् ।