काठमाडौं : रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।
असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।
दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ । तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालय स्रोतले जानकारी दिएको छ ।