अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट हेमराज भट्ट १ हजार १ सय ३७ मतसहित निर्वाचित भएका छन्।
ठूलो प्रचार वा गुटगत समर्थन बिना हासिल गरेको उनको जितलाई व्यक्तिगत क्षमता, सरल स्वभाव र संगठनभित्रको विश्वासको परिणामका रूपमा हेरिएको छ।
सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धामा विजयी भएका भट्टले आफूलाई राष्ट्रिय तहको युवा नेताका रूपमा स्थापित गरेका छन्। गोदावरी नगरपालिका तथा कैलाली–४ मा परिवर्तन कारी नेतृत्वका रूपमा चिनिने उनी विकास प्रतिको स्पष्ट दृष्टिकोण, जनतासँगको निकटता र समन्वयकारी नेतृत्वका कारण परिचित छन्।
उनले संगठनमा निरन्तर सक्रिय रहँदै नेतृत्व विकास र जनसम्पर्कलाई प्राथमिकता दिए। सोही मेहनतका आधारमा केन्द्रीय सदस्यमा निर्वाचित भएका भट्टको सफलतालाई सुदूरपश्चिमका नयाँ पुस्ताका नेताका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ।