नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको अध्यक्षमा यज्ञराज चौधरी

अत्तरिया  : नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा यज्ञराज चौधरी नियुक्त भएका छन्। लामो समयदेखि समाजसेवामा सक्रिय चौधरी यसअघि नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल व्यवस्थापन समितिको उपाध्यक्षका रूपमा कार्यरत थिए। नेपाल नेत्र ज्योति संघको वर्तमान केन्द्रीय कार्यसमितिले उनलाई अस्पताल व्यवस्थापन समिति अध्यक्षमा नियुक्त गरेको हो।

चौधरीको नियुक्तिसँगै अस्पतालको सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण तथा गुणस्तरीय नेत्र उपचार सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.