बझाङमा चरेशसहित एक जना पक्राउ

बझाङ  : बझाङमा चरेशसहित वाइन पसले सञ्चालक पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–११ धामीलेखस्थित किराना तथा वाइन पसलबाट ५० ग्राम ५१ मिलिग्राम चरेशजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय जयराज जोशीले सञ्चालन गरेको जोशी किराना एण्ड वाइन कर्नरमा खानतलासी गर्दा पसलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेशजस्तो देखिने कालो पदार्थ फेला पारेको हो।

प्रहरीले उक्त पदार्थसँगै तौल गर्ने एक थान हाते तराजु र नगद १२ हजार ४०० रुपैयाँ समेत बरामद गरेको छ। घटनापछि जोशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.