धनगढीको होल्डिङ सेन्टरबाट गेटामा शय्या ओसारिदै

अत्तरिया  : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शय्या ओसार्ने काम सुरू भएको छ। धनगढी ३ मा रहेको नेपाली सेनाको जिम्मा दिएको होल्डिङ सेन्टरबाट विश्वविद्यालयले शय्या ओसार्न थालेको हो।

शय्या ओसार्न धनगढी उपमहानगरपालिकाले विश्वविद्यालयलाई १० वटा टिपर उपलब्ध गराएको छ। एक टिपरमा १७ शय्याका दरले आज १७० वटा शय्या ओसार्न सकिने विश्वविद्यालयले जनाएको छ।

होल्डिङ सेन्टरबाट विश्वविद्यालयमा पाँच सय शय्या ओसार्ने विश्वविद्यालयले जानकारी दिएको छ। योसँगै विश्वविद्यालयमा आठ सयभन्दा बढी शय्याको उपलब्धता हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.