सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए पदबाट राजीनामा

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन । बिहीबार प्रदेश सभा बैठकलाई सम्बोधन लगत्तै शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका हुन ।

सत्ता साझेदार नेकपा (एमाले) ले बजेटसम्बन्धी विवादलाई लिएर सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि नेपाली कांग्रेसको संसदीय दलको निर्णयअनुसार शाहले राजीनामा दिएका हुन् । शाह कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

शाहले पछिल्लो पटक करिब दुई वर्षदेखि सुदूरपश्चिम सरकारको नेतृत्व गर्दै आएका थिए । यसअघि पनि यही प्रदेश सभाको कार्यकालमा उनले करिब एक वर्ष चार महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । एमालेको समर्थन फिर्तापछि सरकारको बहुमत गुमेपछि शाह नेतृत्वको सरकार संकटमा परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.