गौरीगंगाका ८४ वर्षीय वृद्धमाथि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप, प्रहरी नियन्त्रणमा

अत्तरिया  : कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ का ८४ वर्षीय वीरबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार जाग्रीले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

उजुरीका आधारमा पक्राउ परेका जाग्रीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविकता अनुसन्धानपछि थप खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.