काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलबाट महाराजगन्ज पुर्याउने गाडी चालक ट्राफिक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी वृत महाराजगन्जले वाग्मती प्रदेश ०१–०२९ च ९३४३ नम्बरको गाडी चालकलाई शनिबार कारबाही गरेको हो ।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले चिट काटेको हो । देउवा गत साउन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि उनी महाराजगन्जस्थित निवास गएका थिए ।