ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखामा शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना हुने

अत्तरिया  : ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय (ओम् शान्ति) अत्तरिया शाखाले आगामी भदौ ६ गते शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिहिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दैविश्व विद्यालयकी सञ्चालिका रविनाले विश्व बन्धुत्व दिवस राजयोगिनी प्रकाशमणि ज्यूको १९औँ पुण्यतिथिको अवसरमा ‘एक थोपा रगत, अनन्त आशीर्वाद’ भन्ने मूल नारासहित रक्तदान जीवनदान शिविर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन्। उनले गत वर्ष पनि विश्वविद्यालयले सबै शाखा बाट आयोजना गरेको रक्तदान अभियानमार्फत १ सय घण्टामा ११ हजार पिन्ट रगत संकलन गर्न सफल भएको जानकारी दिइन्। यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिँदै बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन्।

उनले अत्तरिया उद्योग वाणिज्य संघको विशेष सहकार्यमा आयोजना हुन लागेको कार्यक्रममा यस क्षेत्रका विभिन्न युवा क्लब, जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, व्यापारीलगायत सम्पूर्ण संघ–संस्था तथा सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न आग्रह गरिन्।

शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले इच्छुक सबैलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न अपिल गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.